विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृह मन्त्रालयले नेपाल प्रहरीमा दरबन्दी हेरफेर गर्नेगरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव गर्यो

2.28K
shares

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीमा दरबन्दी हेरफेर गर्नेगरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) प्रस्ताव गरेको छ । गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव कालीप्रसाद पराजुलीको संयोजकत्वमा बनेको समितिले ओएण्डएम प्रस्ताव सहमतिको लागि अर्थ मन्त्रालयमा पठाएको हो ।

मङ्सिर ८ मा बसेको मन्त्रिपरिषद्ले प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले सहमति दिएपछि निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरिने गृह मन्त्रालयका एक जना उच्च अधिकृतले  बताए । ओएण्डएम प्रस्ताव अहिले अर्थ मन्त्रालयको बजेट महाशाखामा छलफलमा छ ।सहसचिव रिजाल नेतृत्वको समितिमा प्रहरी प्रधान कार्यालयका डीआईजी दिपक रेग्मी, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य थिए । सो समितिले प्रहरीको केनाइन कार्यालय र सवारी महाशाखाको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गर्न प्रस्ताव गरेको छ ।

नेपाल प्रहरी अस्पतालमा अन्य तहको दरबन्दी कटौती गरेर डीएसपी र एसपीको दरबन्दी बढाउन प्रस्ताव गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीको फरेन्सिक विज्ञलाई प्रहरी प्रधान कार्यालयमा नै फिर्ता ल्याउने प्रस्ताव गरेको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी कर्मचारीलाई पनि त्यहाँबाट स्थानान्तरण गरिँदैछ । पुल्चोकस्थित विभागमा प्रहरीको उपरीक्षक (एसपी) नेतृत्वमा प्रहरी कार्यरत थिए । विभागको सहमतिमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोस्थित महाशाखामा स्थानान्तरण गर्न ओएण्डएम समितिले प्रस्ताव गरेको छ ।

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई जोखिमपूर्ण सूची (ग्रे) लिस्टमा राखेसँगै आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा छुट्टै महाशाखा गठन गरिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत प्रहरीलाई त्यहाँ स्थानान्तरण गर्ने गरी ओएण्डएम प्रस्ताव गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports