आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संगीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको ९१ वर्षको उमेरमा निधन

1.34K
shares

काठमाडौं । नारायणगोपालका समकालीनका रूपमा परिचित प्रख्यात संगीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ । पुस ३ गते राति १० बजे उनको निधन भएको छोरा राजेश्वरमान श्रेष्ठले जानकारी दिएका हुन् ।

वि.सं. १९९१ जेठ २३ गते काठमाडौंमा जन्मिएका श्रेष्ठ नेपालका पहिलो प्रख्यात गायक उस्ताद साइँलाका छोरा हुन् ।श्रेष्ठ नेपाली आधुनिक, भजन तथा नेपाल भाषाका गीत–संगीत क्षेत्रमा स्थापित र सम्मानित व्यक्तित्वका रूपमा परिचित छन् । उनी नारायणगोपालका पारिवारिक मित्रसमेत थिए ।

वि.सं. २०१७ सालदेखि औपचारिक रूपमा भजन तथा संगीत सिर्जनाको यात्रा सुरु गरेका श्रेष्ठका रेडियो नेपालमा मात्र करिब ३५० वटा भजन रेकर्ड छन् । यसका अतिरिक्त उनले केही राष्ट्रिय गीत तथा लोकगीतहरूमा पनि संगीत तथा स्वर दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports