सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महामन्त्री गगन थापाले १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने

1.95K
shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।

काठमाडौंमा सोमबार भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले अबको महाधिवेशनमा सभापति उठ्ने र जित्ने बताएका हुन्।‘म १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हो, म पार्टी सभापति बन्न चाहन्छु, बन्छु,’ महामन्त्री थापाले भने, ‘अधिवेशन गरेर नयाँ नेतृत्व आउने कुरा मात्र होइन, अब पार्टीलाई नै नयाँ बनाउने समय हो।’कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने मंसिर १५ गते केन्द्रीय समितिले निर्णय गरेको थियो।अहिले धमाधम क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम भइरहेको छ।महामन्त्री थापाले अहिले तलबाट क्रियाशील सदस्यको काम भइरहेको बताए।

‘ठाउँ ठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुरा जसरी भइराख्नुपर्ने हो, आइरहेको छैन तर म कसैलाई दोष दिन्न,’ उनले भने, ‘किनभने अझै गर्नसक्छु भन्ने विश्वास छ। लागिरहेको छौँ। पत्रपत्रिका हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगेर खन्याएर अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तै हो। मजाले बाटो ठिक थियो। समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो तर कता कता कता अलि अलि त्यो स्मेल गरिरहेका छौं।’यो विषयमा पार्टी सभापतिलाई जुनसुकै मूल्य चुकाएर पनि अधिवेशन गर्ने कुरा भनिसकेको उनले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports