प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

2.24K
shares

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।उक्त दिन सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँ पुगेको छ।यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच हजार पाँच सय रूपैयाँ बढी हो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार तोलामा चार हजार दुई सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports