प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाए

2.3K
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाएका छन् । पौडेलले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डलाई छलफलमा बोलाएका हुन् ।

राष्ट्रपति कार्यालयले सुरुमा ओली र देउवालाई मात्रै बोलाएको जानकारी गराएपनि पछि तीनै नेता आउने तय भएको जानकारी दिएको हो ।छलफल ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमै हुनेछ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा भेटका क्रममा कुराकानी हुने बताइएको छ ।

यस्तै चुनावकै भविष्यबारे समेत अनेक आशङ्का भइरहेको बेला तीन दलका शीर्ष नेतृत्व र राष्ट्रपतिबिच हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports