सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि आन्दोलन थप चर्काउने

1.13K
shares

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा सम्पन्न संयुक्त जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रहरी दमनप्रति संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ ।

सोमबार मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो ।आज संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,’ शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएका छन् र केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइए पनि सामूहिक गिरफ्तारीको दबाबपछि तत्काल रिहा गर्न बाध्य हुनुले सरकारको दमनकारी प्रवृत्ति उजागर गरेको छ ।’

वार्ता र संवादमार्फत आफ्ना जायज मागहरू समाधान गर्न सरकारसहित सबै सरोकारवाला पक्षहरूसँग संवादको ढोका खुला राखेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म आन्दोलन अझ सङ्गठित र सशक्त रूपमा निरन्तर अघि बढ्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने संयुक्त जेनजी आन्दोलनका संयोजक ढुंगानाले बताए ।

यसैबिच संयुक्त जेनजी आन्दोलनले मंगलबार बिहान ११ बजे एकताबद्ध हुँदै अझ सशक्त रूपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्णमा आग्रह गरेको छ ।संयुक्त जेनजी आन्दोलन डर, धम्की र दमनबाट विचलित नहुने चेतावनी समेत दिइएको छ ।’जनताको आवाज दबाउने प्रयास इतिहासमा कहिल्यै सफल भएको छैन । न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि हाम्रो सङ्घर्ष निरन्तर रहनेछ,’विज्ञप्तिमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports