सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति रामचन्द्र पौडेलको फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तल माथि भए मुलुक अनिश्चयतिर धकेलिने चेतावनी

1.95K
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक अनिश्चयतिर धकेलिने चेतावनी दिएका छन्। उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको साझा दायित्व भएको स्पष्ट पारे।

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति कार्यालय महाराजगञ्जमा भएको भेटमा राष्ट्रपति पौडेलले मुलुकमा अब थप खेलवाड सह्य नहुने बताए। ‘फागुन २१ गतेको चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ। त्यसैले यो निर्वाचन सफल पार्नु सबै नेपालीको दायित्व हो,’ उनले भने, ‘यो सरकार आफूलाई प्राप्त निश्चित समय पूरा गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरी बिदा हुन्छ।’भेटका क्रममा मानव अधिकार तथा शान्ति समाजले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समयसम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल मर्म र नागरिक सर्वोच्चताको विपरीत हुने भन्दै घोषित मितिमै निर्वाचन सम्पन्न भई लोकतन्त्र लयमा फर्किने विश्वास व्यक्त गरेको थियो।

समाजका प्रतिनिधिहरूले २०८२ भदौ २३ गते जेनजीद्वारा आह्वान गरिएको प्रदर्शनका क्रममा भएको दमन र हत्यापछि उत्पन्न राजनीतिक रिक्ततामा राष्ट्रपति पौडेलले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। जटिल अवस्थालाई सामान्यीकरण गर्न राष्ट्रपतिको योगदान उल्लेखनीय रहेको उनीहरूको भनाइ थियो।प्रतिनिधिमण्डलले भदौ २३ को दमन र हत्याका जिम्मेवारमाथि अहिलेसम्म कारबाही नभएको तथा भदौ २४ गतेको ध्वंसका सूत्रधार पहिचान हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्त गरेको सभापति रेनुका पौडेलले जानकारी दिइन् ।

संक्रमणकाल लम्ब्याउने उद्देश्यले विभिन्न कोणबाट चलखेल भइरहेको भन्दै यसले लोकतन्त्र र नागरिक अपेक्षाविपरीत अवस्था सिर्जना गर्ने समाजको धारणा रहेको उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।समाजले घोषित मितिमै स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुको विकल्प नरहेको उल्लेख गर्दै त्यसको प्रमुख दायित्व सरकारकै हुने धारणा राखेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports