नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१२ जिल्लामा नयाँ सिडियो खटाइयो, ६ सहसचिवको पदस्थापन

2.54K
shares

गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउने निर्णय गरेको छ। शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले दोलहा, सिन्धुपाल्चोक, तनहुँ इलाम लगायत १२ जिल्लामा नयाँ सीडीओ खटाउने निर्णय गरेका हुन्।

निर्णयअनुसार भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना र दोलखामा रामकृष्ण अधिकारीलाई खटाउने निर्णय भएको छ।यस्तै सिन्धुपाल्चोकमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दिपकराज नेपाल र सल्यानमा महेन्द्र कुमार सापकोटालाई खटाइएको छ। हालै बढुवा भएका सापकोटासहित ७ जना पदस्थापन भएका हुन्। यीमध्ये ६ जना सहसचिव र एक जना उपसचिव हुन्।

अन्यलाई सरुवा गरिएको हो। कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई सरुवा गरिएको छ। यसअघि उनी नुवाकोटमा प्रमुख जिल्ला अधिकारी थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports