विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रहरीद्धारा एक जना नक्कली प्रहरी निरीक्षक पक्राउ

741
shares

काठमाडौँ । प्रहरीले एक जना नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । काठमाडौँको भद्रकालीमा आज बिहान चेकजाँच गर्ने क्रममा प्रहरीले २६ वर्षीय सोनाम तामाङलाई प्रहरीको युनिफर्मसहित पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा तामाङले आफू प्रहरी सहायक निरीक्षक भएको बताएका थिए । प्रहरीले शङ्का लागेर खानतलासी गर्दा उनको साथबाट प्रहरी सहायक निरीक्षकको युनिफर्म र दर्ज्यानीसमेत ८ वटा पासपोर्ट साइजको फोटो फेला परेको थियो ।

भक्तपुर घर भएका तामाङलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports