विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व मन्त्री बस्नेत मुछिएको टेरामक्समा थप प्रमाण मगाउने विशेष अदालतको आदेश

2.15K
shares

काठमाडौँ । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री माेहन बस्नेत मुछिएकाे बहुचर्चित टेरामक्स प्रणाली खरिद प्रक्रियामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले थप प्रमाणहरू मगाउने र विज्ञको बकपत्र गराउने आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो ।पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहितका १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको हो ।अदालतले टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध परेका रिटहरूमा सर्वोच्च अदालतबाट भएका आदेशहरूको प्रमाणित प्रतिलिपि मगाउन आदेश दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ वैशाख २० गते खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिवादीमध्येको ‘भेन्राइज सोलुसन’ (Vanrise Solutions SAL) ले सर्वोच्चमा रिट दायर गरेको थियो ।उक्त रिट र सोही विषयसँग सम्बन्धित अन्य निवेदनहरूमा सर्वोच्च अदालतबाट भएका आदेशको प्रमाणित प्रतिलिपि झिकाउने आदेश भएको हो ।यस्तै, अदालतले यस प्रकरणको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा नियुक्त गरिएका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीलाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ ।

विशेष अदालत ऐन, २०५९ को दफा ७(क) बमोजिम विज्ञ ज्ञवालीलाई भौतिक रूपमा वा श्रव्यदृश्य (भिडियो कन्फरेन्स) माध्यमबाट उपस्थित गराई बकपत्र गराउन विशेष सरकारी वकिल कार्यालय, काठमाडौँलाई निर्देशन दिइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports