विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले बागी उम्मेदवारी दिएकाहरू माथिको कारबाही फुकुवा गर्यो

2.15K
shares

काठमाडौं । नेपाली कांग्रेसले यसअघिका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरू माथिको कारबाही फुकुवा गरेको छ ।

कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयबारे पार्टीका तल्ला कमिटीलाई परिपत्र पठाउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसबारे जानकारी गराएका छन् ।

परिपत्रमा भनिएको छ, ‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समथृन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधानअनुसार स्वत: कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ ।’

परिपत्रमा यसरी कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको पार्टीको वहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यलाई निरन्तरता कायम गरी क्रियाशील नवीकरण गर्ने निर्णय भएको पनि उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports