विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोक्यो

2.08K
shares

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ ।

आइतबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको हो ।आयोगका अनुसार राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको हो ।

‘आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा (१), राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपदफा (१) बमोजिम रु. ३,५०,०००।– (तीन लाख पचास हजार) कायम गर्ने तथा उल्लिखित खर्च देहायका शीर्षकमा गर्न सकिने व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइन्छ,’आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports