सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझायो

1.7K
shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितको टोली पुगेर आयोगमा ११० जनाको बन्दसूची बुझाएको हो ।

बन्दसूची बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले तीन पुस्ताको संयोजन गरेर सूची बुझाइएको जानकारी गराए ।‘एमालेले तीनवटा पुस्ताको संयोजन गरेका छ । पुरानो र नयाँ उदीयमान ४० वर्ष मुनिका पनि सामेल गरेका छौं,’ आचार्यले भने।साथै, उनले भयरहित ढंगबाट निर्वाचन गर्नका पनि सरकारलाई आग्रह गरेका छन् । ‘अपांग पिछडिएको क्षेत्र, मधेशी चेपाङ पोडे शेर्पादेखि पिछडिएकालाई स्थान दिएका छौं,’ उनले भने ।जस अनुसार, एमालेले पुरानो पुस्तामा रामबहादुर थापा बादल, गुरु बराल, पुष्प कँडेल लगायतका छन् ।

पिछडिएकोतर्फ गोरखबहादुर बोगटी लगायत, लाल बहादुर महतारा, लालबहादुर रावल लगायत ८ जना छन् । त्यस्तै, नयाँमा कुरानुतु बुर्ताकोटी, नीता घतानी, भक्तकुमारी लामा, अनिता कन्दङवा र साजिदा सिद्धिकी रहेका छन् ।अन्य महिलाहरूमा पद्मा अर्याल, टुका हमाल, निरू पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका लिम्बु लगायत छन् ।मिना बराम, मनकुमारी तितुङ, माया देवी पोडेनी, निर्मल दउला, रामपुकार दास तत्म, सन्त बहादुर चेपाङ, ईच्छा चौधरी लगायत पनि समानुपातिक सूचीमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports