तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२०२५ पत्रकारलाई भयाबर्ष भयो

1.6K
shares

सन् २०२५ मा अघिल्लो वर्षभन्दा तेब्बर प्रेस स्वतन्त्रता हननका घटना भएको छ । यस वर्ष १३९ वटा प्रेस स्वतन्त्रता हननको घटना भएको नेपाल पत्रकार महासंघको तथ्याङ्क छ । सो घटनाबाट २१८ जना पत्रकार र ३१ वटा सञ्चारगृह प्रभावित भएका छन् ।

सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटा प्रेस स्वतन्त्रता हननको घटना भएको थियो । सन् २०२५ मा दुई पत्रकारको हत्या भएकोमा दुई पत्रकारलाई गिरफ्तार गरिएको छ । त्यसैगरी, कब्जाको १९ वटा घटना घटेको महासंघले जानकारी दिएको छ । सञ्चार गृहमा तोडफोड, आक्रमण र आगजनीको संख्या ४२ रहेको छ ।

पत्रकारमाथि दुर्व्यवहारको ५३ घटना हुँदा १८ वटा पेशागत असुरक्षाको रहेको छ । दुईटा नीतिगत बन्देजको घटना भएको छ । प्रेस स्वतन्त्रता हननको बढ्दो ग्राफले पत्रकारको पेशागत र भौतिक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको देखिएको उल्लेख गर्दै महासंघले सन् २०२५ पत्रकारका लागि भयावह वर्ष भएको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports