नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाले चुनावका लागि निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्द सूची सच्याउने

988
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ फागुनको प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्द सूची सच्याउने भएको छ ।

रास्वपाको पार्टी सचिवालयले बुधबार एक सूचना जारी गर्दै समानुपातिक बन्द सूचीप्रति विभिन्न सरोकारवालाहरूबाट प्राप्त सुझावलाई मध्य नजर राख्दै सूचीमा देखिएको त्रुटि सच्याउने जनाएको हो ।निर्वाचन आयाेगमा बुझाएकाे समानुपातिक उम्मेदवारकाे बन्दसूचीलाई लिएर असन्तुष्टि बढेपछि बन्द सूची सच्याउने तयारी रास्वपाले गरेको हो ।

‘बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ । अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा १७ पौष बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ,’ सूचनामा भनिएको छ ।

समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने रास्वपाको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports