विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभामुख हटाउने प्रस्ताव ल्याए हामी सहयोग गर्न तयार छौँ : सचिव रायमाझी

780
shares

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् ।

आज एक आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए । सत्ता महागठबन्धन लोभी(पापीहरूको झुण्ड भएको आरोप लगाउँदै उनले संसदको काम कारबाहीलाई सुचारू रूपमा चलाउन सभामुखलाई हटाउँदा राम्रो हुने बताएका हुन् ।

‘अहिले हामी प्रतिपक्षमा छौँ । एमसीसीबारे सरकारमा रहेका पार्टीहरू, महागठबन्धनले के गर्छ रु त्यो कुरा टुंगो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन’, रायमाझीले भने, ‘एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । सभामुख विधिसम्मत तरिकाले, देशको कानूनसम्मत तरिकाले नचलेको हुनाले हामी साथ दिन्छौँ ।’

स्थानीय चुनावमा हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको रायमाझीको आरोप छ । नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports