kumari
stcnepal

आज शेयर बजार १४ अङ्क भन्दा धेरै अङ्कले घट्यो

बिहीबार चुनावको मिति घोषणा नहुने खवरको अवसर शेयर बजारमा परेको छ । धेरैको अपेक्षा विपरित आज शेयर बजार १४ अङ्क भन्दा धेरै अङ्कले घटेर समग्र बजार २८७६ विन्दुमा पुगेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेर ८ अर्ब ६१ करोड माथि पुगेको छ । मंगलबार स्थिर रहेको शेयर बजार चुनाव जेठ ४ मै हुने खबर पछि भने बढेको थियो । आज धेरै जसो समय हरियो रहेको बजार अन्तिम घण्टामा मात्र घटेको छ । २२४ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ४५ कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

जलविद्युत र गैरजीवन बीमा समूह बाहेक आज अन्य सम्पूर्ण उपसूचक रातो भएको छ भने अरुण भ्याली जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ ।

footer