विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज शेयर बजार १४ अङ्क भन्दा धेरै अङ्कले घट्यो

819
shares

बिहीबार चुनावको मिति घोषणा नहुने खवरको अवसर शेयर बजारमा परेको छ । धेरैको अपेक्षा विपरित आज शेयर बजार १४ अङ्क भन्दा धेरै अङ्कले घटेर समग्र बजार २८७६ विन्दुमा पुगेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेर ८ अर्ब ६१ करोड माथि पुगेको छ । मंगलबार स्थिर रहेको शेयर बजार चुनाव जेठ ४ मै हुने खबर पछि भने बढेको थियो । आज धेरै जसो समय हरियो रहेको बजार अन्तिम घण्टामा मात्र घटेको छ । २२४ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ४५ कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

जलविद्युत र गैरजीवन बीमा समूह बाहेक आज अन्य सम्पूर्ण उपसूचक रातो भएको छ भने अरुण भ्याली जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports