कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोगमा पठायो पत्र, महामन्त्रीद्धयलाई निष्कासनको दियो सूचना
वि.सं.२०८२ पुस ३० बुधवार १६:३५
shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजना नभएको भन्दै निर्वाचन आयोगलाई यस सम्बन्धी कुनै दावी आएमा त्यसलाई वैधानिक नमान्न पत्र पठाएको छ ।
सभापति शेरवहादुर देउवाकै तर्फबाट निर्वाचन आयोगमा सो पत्र पठाइएको हो ।यसका साथै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरिएको पत्र समेत आयोगमा पठाइएको छ ।






































