तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवाको पत्र पुग्यो निर्वाचन आयोगमा

923
shares

नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको छ।

सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय तथा सहमहामन्त्रीलाई कारबाही गरेको निर्णय सहितको पत्र आयोगमा पुगेको हो।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पत्र प्राप्त भएको तर विवरण हेरिनसकेको जानकारी दिए।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेको हो। विशेष महाधिवेशन पक्ष नयाँ नेतृत्व चयनको प्रक्रियामा गएपछि संस्थापन पक्षले कारबाही गरेको हो।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन गरेकाले उनीहरूलाई कारबाही गरिएको जनाइएको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘नेपाली कांग्रेसको विधान २०१७ धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ देहायको खण्ड घ र ङ बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्काशन गरिएको छ।’

महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी रहेको छ। विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम जारी रहेको छ।विशेष महाधिवेशनका कांग्रेस सभापतिका लागि थापाले उम्मेदवारी दिएका छन्। त्यस्तै, दुई महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ। आजै राति ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports