तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय सभा सदस्य बोहराको निधन

962
shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ ।

उनको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बोहरा कम्मरको कपरेशन गरेर उपचाररत थिए ।सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए । ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्नै आएका बोहराको निधन भएको हो ।

वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर उनले राजनीतिक जीवन सुरु गरेका थिए । भिमदत्त पन्त र वि.पी. कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गरेका बोहराले पाँच वर्ष जेल जीवन बिताए । उनी कञ्चनपुर काँग्रेसको संस्थापक नेता पनि हुन् ।प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरे । २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार भए ।

२०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेले । त्यसबेला उनले प्रतिनिधिसभा अन्तर्गतको विकास समितिमा रहेर समेत काम गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports