तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपका कार्यकर्ताद्वारा गरिएको साङ्घातिक आक्रमण एमालेले गर्यो भर्त्सना

845
shares

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर–५ मा उम्मेदवारी दिनबाट वञ्चित गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण गरेकोमा एमालेले खेद व्यक्त गरेको छ ।

एमाले झापा क्षेत्र नं.–५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यकर्ताको व्यवहारले शान्तिपूर्ण र भयरहित चुनाव हुनेप्रति गम्भीर शंका व्यक्त गरेका हुन् ।

‘आगामी फागुन २१ गते संघीय निर्वाचनका निम्ति आज मंगलबार देशभर उल्लासमय रूपमा उम्मेदवारी मनोनयन भइरहेको बेला झापा क्षेत्र नम्बर ५, दमकमा दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूद्वारा हाम्रो पार्टी नेकपा (एमाले)का नेता तथा कार्यकर्तामाथि भएको सांघातिक आक्रमणप्रति खेद व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले सीमा तोकिदिएको स्थानलाई मिचेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार कमरेड केपी शर्मा ओलीलाई निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्न नदिने नियतले रास्वपाका कार्यकर्ताहरूद्वारा सांघातिक आक्रमण गरिएको छ । सांघातिक आक्रमणबाट तीन जना कमरेडहरु घाइते हुनुभएको छ । उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

जेनजी उपद्रवबाट लुटिएका सुरक्षाकर्मीहरुको सयौं हातहतियार बाहिरै रहेको, अपराधिक पृष्ठभूमिका कैदीबन्दीहरू बाहिर रहेको बेला एमालेले भयरहित, शान्तिपूर्ण रुपमा चुनाव हुनेप्रति शंका गरिरहेको उल्लेख गर्दै दमकमा आज रास्वपाका कार्यकर्ताहरुको हर्कतबाट त्यो शंकालाई थप पुष्टि गरेको जनाएको छ । सांघातिक आक्रमणसँगै दुई जनाको सुनको सिक्रीसमेत लुटिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

एमालेको संयमतालाई कमजोरीका रुपमा लिइन्छ भने भोलि जुनसुकै परिस्थिति सृजना उत्पन्न हुन सक्ने र परिस्थितिको जिम्मेवार स्वयं रास्वपा र सरकार हुने विज्ञप्तिमार्फत पूर्वसचेत गराएको छ , समाजमा अराजकता सृजना गर्ने जो कोहीलाई कानुनी दायरामा लिई कारबाही गर्न पनि एमालेले सरकारसँग माग गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports