नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फागुन २१ मा हुने प्रत्यक्ष निर्वाचनका लागि ३४८४ उम्मेदवार, कुन उमेर समूहका कत्ति ?

1.53K
shares

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३४८४ जना उम्मेदवार मैदानमा छन्। मंगलबार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। आज उम्मेदवारविरूद्ध उजुरी गर्ने कार्यतालिका छ।

निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेरसमूहका कूल ५३८ उम्मेदवार छन्। त्यसमध्ये २९४ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। ६६ वर्षभन्दा माथिका २०१ जना उम्मेदवार छन्। यसमध्ये ९४ जना स्वतन्त्र उम्मेदवार रहेको आयोगले बताएको छ।

निर्वाचन आयोगका अनुसार नेकपा एमालेले र नेपाली कांग्रेसले मात्रै कूल १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीले समाज १६४ क्षेत्रमा उम्मेदवारी दिएका छन्। नेकपाले बाग्लुङ–१ मा जनमोर्चासँग तालमेल गरेको छ। रास्वपाको मनाङमा उम्मेदवारी परेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीले १६३ ठाउँमा उम्मेदवारी दिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports