तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी जिल्लामा एमाले र प्रलोपा बीच एकले अर्कालाई सघाउने भयो सहमति

741
shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले साविक राप्ती अञ्चलका जिल्लाहरूमा एमालेलाई समर्थन गर्ने भएको छ । प्रलोपालाई भने एमालेले रुकुम पश्चिम र रुकुम पूर्वमा सघाउने छ ।

यो तालमेल सम्बन्धी सहमति पत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाको अध्यक्ष परिषद सदस्य दुर्गा सोवले हस्ताक्षर गरेका छन् ।प्रलोपाबाट रुकुम पश्चिममा जनार्दन शर्मा प्रभाकर र रुकुम पूर्वमा सन्दीप पुन उम्मेदवार छन् ।उनीहरूलाई एमालेले साथ दिएबापत् प्रलोपाले साविक राप्ती अञ्चलका जिल्लाहरू दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान लगायतका जिल्लाहरूमा एमाले उम्मेदवारलाई साथ दिने छ ।

दाङ क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार रेवतीरमण शर्मा, क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेल र क्षेत्र नम्बर ३ मा तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे उम्मेदवार छन् ।प्युठानमा एमाले उम्मेदवार सूर्य थापा, रोल्पामा गोकुल घर्ती र सल्यानमा एमाले उम्मेदवार गुलाबजंग शाह छन् ।रुकुम पूर्वमा एमाले उम्मेदवार लिलामणि गौतम भए पनि उनले अब प्रलोपाका उम्मेदवार सन्दिप पुनलाई सघाउने छन् ।

रुकुम पश्चिममा नन्दराम देवकोटा एमाले उम्मेदवार थिए । केन्द्रमा भएको सहमति अनुसार उनले अब प्रलोपाका नेता शर्मालाई सघाउने छन् ।सल्यानमा प्रलोपाबाट उम्मेदवारी दिएका सन्तोषकुमार राईले एमाले उम्मेदवार शाहलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports