तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय सभाको निर्वाचनमा एमालेकी उम्मेदवार रोशनी कोशी प्रदेशबाट बिजयी

871
shares

राष्ट्रिय सभाको महिला सदस्यमा नेकपा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छन्।

उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर राष्ट्रियसभाको यात्रा निश्चित गरेकी हुन्। उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो।निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ।

उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गरेकी छन्।उनलाई २२ जना प्रदेशसभा सदस्यले मत दिएका छन्। कोशीमा नेकपाका १७ जना मात्रै प्रदेश सांसद थिए।उनले कांग्रेस, एमाले, जसपा गठबन्धनबाट ५ जना प्रदेश सांसदको मत आफूतिर तानेकी छन्।

गठबन्धनका स्थानीय तहका १७ जना मतदाताले पनि क्रस मतदान गरेर नेकपाकी नमितालाई मत दिएका छन्।कोशीमा स्थानीय तहमा नेकपाका ३६ मतदाता हुन्। तर, नमिताले ५८ जनाको मत पाएकी छन्।गठबन्धनबाट तानेको मत नमिताका लागि पर्याप्त भएन। फराकिलो अन्तरले झापा धाइजनकी रोशनी मेचे माथिल्लो सदनमा पुगेकी हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports