सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली ब्रसमा रङ्गिन पाकिस्तान आउदो हप्ता स्वादिष्ठ परिकार नेपालीले खान पाउने

858
shares

काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङ’ शीर्षकमा कला प्रदर्शनी तथा कलाकार संवाद आयोजना गरेको छ। प्रख्यात नेपाली कलाकार विधाता केसीले पाकिस्तान यात्राका अनुभूति र अनुभवलाई क्यानभासमा उतारेकी चित्र प्रस्तुत गरिएको थियो ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार हासमीले नेपाली कलाकारको दृष्टिबाट पाकिस्तानलाई कलात्मक रूपमा प्रस्तुत गरिएकोमा प्रशंसा गर्दै सांस्कृतिक कूटनीति नै दुई देशबीचको सम्बन्धको मजबुत आधार भएको बताए। उनले नेपाल–पाकिस्तानबीच साझा संस्कृति, इतिहास र आपसी समझदारी प्रवद्र्धन गर्न दूतावास प्रतिबद्ध रहेको जनाएका छन् ।

कलाकार केसीले पाकिस्तानमा सम्पन्न दक्षिण एसियाली कलाकार आवास कार्यक्रमका अनुभव सुनाइन् । पाकिस्तानका विभिन्न सहर, प्राकृतिक दृश्य, सांस्कृतिक विविधता र सामाजिक जीवनले आफूलाई गहिरो रूपमा प्रभावित गरेको बताउँदै उनले ती अनुभूति नै आफ्ना चित्रको मूल विषय बनेको उल्लेख गरिन् । उक्त अवसरका लागि पाकिस्तान सरकार र काठमाडौँस्थित पाकिस्तान दूतावासप्रति आभार व्यक्त गरेकी छन् ।

प्रदर्शनीले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक सम्बन्ध केवल औपचारिक कूटनीतिमा सीमित नरही जनस्तरसम्म फैलिँदै गएको सहभागीहरुको निचोड छ । कार्यक्रमका अन्य वक्ताहरुले दूतावासको पहलको उच्च प्रशंसा गर्दै केसीका चित्रहरूमा देखिएको संवेदनशीलता र गहिरो सन्देशको खुलेर प्रशंसा गरेका थिए।

आगामी फेब्रुअरी ५ देखि ७ सम्म काठमाडौँमा पाकिस्तान फूड फेस्टिभल आयोजना गरिँदै छ । जसले नेपाली जनतालाई पाकिस्तानी परिकारका स्वाद र संस्कृतिसँग नजिकबाट चिनाउने अपेक्षा गरिएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports