सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जापानमा राष्ट्रपति पौडेल

858
shares

राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि आज (सोमबार) बिहान जापान पुगेका छन्।

राष्ट्रपतिको सचिवालयका अनुसार उनलाई जापानस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतले स्वागत गरे।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन जापान पुगेका हुन्।जापान भ्रमणका अवसरमा राष्ट्रपति पौडेल माघ १९ गते सोमबार जापान सरकारले अयाोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनेछन्।

त्यस्तै माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा उनले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग भेटवार्ता गर्नेछन्।भ्रमणका क्रममा राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नेछन्।भ्रमणका क्रममा जापानी व्यावसायिक समुदायसँग र जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्।

नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो।राष्ट्रपति पौडेल जापान भ्रमण सकेर यही माघ २१ गत बुधबार स्वदेश फर्कने कार्यक्रम छ।जापानको औपचारिक भ्रमणका लागि उनी आइतबार राति नेपालबाट जापान प्रस्थान गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports