सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको सामाजिक सञ्जालको दुरूपयोग बढेको भन्दै आपत्ति

871
shares

काठमाडौं । नेकपा एमालेले सामाजिक सञ्जालको दुरूपयोग बढेको भन्दै आपत्ति जनाएको छ । दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउने चेतावनी एमालेको छ ।

प्रचार विभाग प्रमुख एवं आम चुनावका पार्टी प्रेस संयोजक मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गैर-जिम्मेवार र गैर-राजनीतिक ढङ्गले भएकोमा हाम्रो पार्टी त्यसको विरोध गर्दछ । विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ।’

एमालेको निर्वाचन चिन्ह परिवर्तन लगायतका भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने एमालेको चेतावनी छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको सचेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

फागुन २१ को चुनावका लागि १६३ क्षेत्रमा पार्टीको उम्मेदवारी दर्ता भएको शाहीले बताए । कर्णाली प्रदेशको रुकुम पश्चिमामा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको र मनाङमा प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports