सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाशिवरात्रिका दिन आउँदो आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका ४ वटै ढोका खोलिने

1.51K
shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

महाशिवरात्रीको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।

महाशिवरात्री पर्वलाइ सुरक्षित र मर्यादीत बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताइएको छ ।महाशिवरात्रीका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए ।

यस्तै, पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्न/नगराउन समेत कोषले सचेत गराएको छ । महाशिवरात्री मनाउन पशुपतिनाथ मन्दिरमा बिभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको कोषले जनाएको छ । यस बर्षको महशिवरात्री फाल्गुन ३ गते आइतबार मनाइदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports