प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानमैत्री किक्रेट प्रतियोगिताको विजेता बन्यो बालुवाटार टिम

2.69K
shares

नेपाल–पाकिस्तानमैत्री टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासको आयोजनामा भएको एघारौं संस्करणको क्रिकेट प्रतियोगिता हिजो सकिएको हो ।

गत माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा पाकिस्तान दूतावाससहित नेपालका विभिन्न क्लब तथा ग्लोबल आइएमई बैंक गरी एक दर्जन टोली सहभागी भएका थिए । प्रतियोगिताको विजेता बालुवाटार क्रिकेट एकेडेमी बनेको हो ।यस्तै, पाकिस्तान दूतावास टोली उपविजेता बनेको छ । समापन समारोहमा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीले विजेता टोली, उत्कृष्ट खेलाडीलगायतलाई ट्रफी, पदक तथा नगद पुरस्कारसहित सम्मान गरे ।

उनले यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सन् २०२७ मा हुने १२ औं संस्करणमा १६ टोलीलाई सहभागी गराउनेसमेत घोषणा गरेका छन् ।

, विजेता टोलीसहित सहभागी सम्पूर्णलाई बधाई दिँदै सहयोगी साझेदार ग्लोबल बैंक, फिल्ली क्याफे, प्रत्यक्ष प्रशारण साझेदार एक्सन टिभी र डिश होमलगायतप्रति आभार व्यक्त गरे ।

समापन समारोहमा बंगलादेश र चिनियाँ राजदूत, सार्कका महासचिव, मलेसियाका कार्यवाहक राजदूत, नेपाल क्रिकेट संघका वर्तमान तथा पूर्वपदाधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पाकिस्तानी समुदाय र दूतावासका अधिकारी सहभागी थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports