सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेलायतका राजाका भाई चार्ल्स पक्राउ

1.38K
shares

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतियका भाइ एन्ड्रयू माउन्टब्याटन विन्डसर पक्राउ परेका छन्। यौन प्रकरणमा उनी पक्राउ परेका हुन् ।

लण्डनको पश्चिमी क्षेत्रहरू हेर्ने थेम्स भ्याली प्रहरीले पूर्वराजकुमार एन्ड्रयूले सन् २०१० मा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने भनेर दोषी ठहरिएका यौन अपराधी जेफ्री एप्स्टिनलाई व्यापारिक प्रतिवेदनहरू पठाएको भन्ने उजुरीहरूको मूल्यांकन गरिरहेको बताइएको छ ।

विस्तृत मूल्यांकनपछि सार्वजनिक पदमा रहँदा गरिएको भनिएको दूराचारको यस आरोपमाथि अहिले अनुसन्धान सुरू गरिएको र यस कथित अपराधको अनुसन्धान गर्न साझेदारहरूसँग काम गरिरहँदा अनुसन्धानको अखण्डता र निष्पक्षतालाई जोगाउनु महत्त्वपूर्ण रहेको कुरा वक्तव्यमा उल्लेख गरिएको छ।

प्रहरी अनुसन्धानमा पटक-पटक नाम देखिएपछि उनलाई यसअघि नै राजकुमार (प्रिन्स)को उपाधिबाट हटाइएको थियो। उनको आफ्नो दरबार रोयल लजबाट निकाला गरिएको थियो।

वेलायती महारानी एलिजावेथ द्वितियाका चार सन्तान छन्। जेठो छोरा चार्ल्स त्रितिय अहिले राजा छन्। छोरी एन राजकुमारी हुन्। अहिले पक्राउ परेका एन्ड्रयू तेस्रो सन्तान हुन्। उनका एक जना भाइ पनि छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports