सुनसरीमा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप
वि.सं.२०८२ फागुन ९ शनिवार १६:०४
shares

सुनसरी । सुनसरी–४ अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिकामा भोट माग्ने क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ ।
घरदैलो अभियानका क्रममा रास्वपाका कार्यकर्ताले कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीलाई रोक्न खोज्दा विवाद चर्किएर झपडको अवस्था सृजना भएको स्थानीयले बताएका छन् ।
परिस्थितिलाई नियन्त्रणमा लिन निर्वाचन सुरक्षामा खटिएका प्रहरीले लाठीजार्च गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।






































