सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रौतहटमा सुरक्षा ब्यबस्था कडा बनाउन सरकारको निर्देशन

1.2K
shares

काठमाडौं । सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुको बीचमा उचित समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ ।

शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।उनले भने, ‘रौतहटको घटनामा सबै पक्षलाई एउटा सद्भाव कायम गर्न केन्द्रीय सुरक्षा समितिबाट एउटा आह्वान भएको छ । जुन रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुको बीचमा उचित समन्वय कयम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिइएको छ । आवश्यक परेको सुरक्षा व्यवस्था थप गर्ने पनि निर्णय भएको छ ।’

त्यस्तै, घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताए । बैठकले सबै राजनीति दलहरुलाई आचारसहिंता पालना गर्न आग्रह गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports