मालेले दाङका तिनवटै क्षेत्रमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भयो सहमती
वि.सं.२०८२ फागुन १२ मंगलवार १२:५२
shares

दाङ । नेकपा (माले) दाङले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले)लाई समर्थन गर्ने भएको छ ।
सहमति अनुसार दाङका तीनवटै निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारहरुलाई मतदान गर्ने र आगामी स्थानीय र प्रदेश निर्वाचनमा पनि माले र एमाले पार्टीबीच सहकार्य गरिने भएको हो ।नेकपा (माले)का पोलिटब्युरो सदस्य महेन्द्र शाह, जिल्ला सचिव नेत्र प्रकाश पाण्डे तथा नेकपा (एमाले)का लुम्बिनी प्रदेश कमिटीका सदस्य हुकुमबहादुर बस्नेत र एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी बीच आज (मंगलबार) लिखित सहमति भएको हो ।
दाङ क्षेत्र नम्बर १ मा नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका सदस्य रेवतिरमण शर्मा, २ मा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र ३ मा पार्टी केन्द्रीय सदस्य घनस्याम पाण्डे उम्मेदवार छन् ।
































