विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओली भन्नुहुन्छ : नेपालमा कुनैपनि आवरणमा मिसाइलको धुवा प्रवेश नहोस

2.08K
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भन्ने कामना गरेका छन् ।

मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उनले उल्लेख गरेका हुन् । मध्यपूर्वमा भएका लाखौं नेपालीहरु आपत र कोलाहलमा भएकोले उनीहरुका परिवार पलपल छट्पटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ ।

‘मध्यपूर्वी देशहरु माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्’ अध्यक्ष ओलीले लेखेका छन्, ‘तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।’ अवसर छनौटकाल लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरी आउनु जानु स्वभाविक भएको अध्यक्ष ओलीको भनाइ छ ।

‘अस्वभाविक र खतरनाक त कुरा युद्ध र भूराजनीतिक चपेटा हो’ अध्यक्ष ओलीले लेखेका छन्, ‘ति देशहरु पनि पक्कै युद्ध चाहँदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’ अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीको प्रार्थना छ ‘कुनै पनि आवरणमा त्यो आउन नसकोस् । आज तपाईंहरुलाई छटपटी भइरहँदा म निदाउन सकिनँ । बेचैन छु ।’अध्यक्ष ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गरेका छन् । ‘यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ । विवेक,धैर्य र साहस – कामना गर्छु’ अध्यक्ष ओलीले लेखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports