सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतले जित्यो पाचौ पटक बिश्व यु कपको उपाधि

507
shares

इङ्ल्याण्डलाई हराउँदै भारतले पाँचौ पटक यु १९ विश्वकपको उपाधि जितेको छ। १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै उपाधि रक्षा गरेको हो।

भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतकीय पारि खेले।भारतका लागि राशिदले ८४ बलमा ६ चौकासहित ५० रन जोड्दा ५४ बल खेलेका सिन्धु ५ चौका र १ छक्कासहित ५० रनमा नटआउट रहे। राज बावाले ३५ रन जोड्दा हार्नुर सिंहले २१ तथा कप्तान धुलले १७ रन जोडे।

इङ्ल्याण्डका लागि जोश्ना बोयडेन, जामेश शेल्स र तोमास आस्पिनवालले समान २-२ विकेट लिए।यसअघि सर विवियन रिचर्ड्स क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो।

उसका लागि जामेश रेउले सर्वाधिक ९५ रनको पारि खेले। ११६ बल खेलेका उनले १२ चौका प्रहार गरे पनि ५ रनले सतक बनाउन चुकेका थिए।जामेश सेल्सले ३४, जर्ज थोमसले २७ रन बनाउनुबाहेक अन्य ब्याटरले सम्हालिएर खेल्न सकेनन्। रेहान अहमद र एलेक्स होर्टोनले १०-१० रन बनाउनुबाहेक अन्यले ४ रन भन्दा बढी जोड्न सकेनन्।

एक समय ७ विकेट गुमाएर ९१ रन मात्र बनाएको अवस्थामा इंग्ल्यान्डलाई आठौं विकेटका लागि जेम्स रिउ र जेम्स सेल्सले ९३ रनको साझेदारी गर्दै सम्मानीत स्कोरमा पुर्‍याएका थिए।भारतका लागि राज बावाले सर्वाधिक ५ विकेट लिँदा रवि कुमारले ४ विकेट हात पारे। थप विकेट कौशल ताम्बेले लिए।

यो सँगै यश धुल नेतृत्वको भारतले पाँचौ पटक युवा विश्वकप हात पारेको हो। यसअघि भारतका लागि विराट कोहली, मोहम्मद कैफ, उन्मुक्त चन्द र पृथ्वी शले भारतलाई युवा विश्वकप दिलाएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports