सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा त्यहाँका जनता र सरकारलाई हार्दिक बधाई : भारतीय प्रधानमन्त्री मोदी

2.56K
shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक यात्रामा यसलाई एउटा ‘ऐतिहासिक कोशेढुंगा’ को संज्ञा दिएका छन् । प्रधानमन्त्री मोदीले लेखेका छन् , ‘नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म त्यहाँका जनता र सरकारलाई हार्दिक बधाई दिन्छु । मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकारको यति जीवन्त प्रयोग गरेको देख्दा निकै खुसी लागेको छ ।’

उनले यस उपलब्धिलाई नेपालका लागि गौरवको क्षण बताउँदै भारत एक घनिष्ठ छिमेकीका नाताले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

 

साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत सदैव नेपालको साथमा रहने प्रतिबद्धता पनि उनले दोहोर्‍याएको छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports