जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सार्वजनिक यातायात र ढुवानी भाडा बढाउने गृहकार्यमा सरकार

923
shares

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक यातायात र ढुवानीका सवारीको भाडादर समायोजन गर्ने तयारी थालेको छ ।

यातायात व्यवस्था विभागले सवारी भाडा पुनरावलोकनका लागि विशेषज्ञ कमिटी गठन गरी प्रतिवेदन तयार गरी महानिर्देशकलाई बुझाइसकेको छ । निर्देशक श्रीकान्त यादवका अनुसार, इन्धन, टायर, पार्टपुर्जा र गाडी मूल्यका आधारमा वैज्ञानिक विधिबाट भाडा समायोजन गरिनेछ ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ मूल्य बढाएको छ । व्यवसायीहरूले चार वर्षदेखि भाडा समायोजन नभएको भन्दै नयाँ वैज्ञानिक प्रणाली अनुसार तत्काल समायोजन गर्न माग गरेका छन्।

महासंघका अनुसार भाडा समायोजन तीन किसिमले हुन्छ:

१. १० वर्षे (१३ वटा सूचक अनुसार)
२. २ वर्षे
३. स्वचालित (इन्धन मूल्य अनुसार, ३५% इन्धन र ६५% गाडी/पार्टपुर्जा/कर)

विद्युतीय सवारी (ईभी र इन्धन) गाडीको भाडा फरक हुनुपर्ने पनि व्यवसायीको सुझाव छ । गत वर्ष पुसमा केही रुटमा ३ प्रतिशतसम्म भाडा वृद्धि गरिएको थियो, साथै डिलक्सरसुपर डिलक्स सुविधामा अतिरिक्त २०% थप लिन सकिने व्यवस्था गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports