काठमाडौंमा हावाहुरी र असिना सहित वर्षाका कारण हवाई उडान प्रभावित
वि.सं.२०८२ चैत ६ शुक्रवार १७:३१
shares

काठमाडौं । काठमाडौंमा हावाहुरी र असिना सहित वर्षाका कारण हवाई उडान प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनको कुनमिङबाट आएको चाइना इस्टर्नको जहाज भारतको कोलकाता ‘डाइभर्ट’ गरिएको छ ।यसैगरी नयाँदिल्लीबाट आएको इन्डिगो एयरको जहाज लखनऊ डाइभर्ट गरिएको छ । काठमाडौंमा मौसम खराब हुँदा थुप्रै आन्तरिक उडान समेत ‘होल्ड’ भएका छन् ।
इनरुट तथा काठमाडौंको उडान प्रतिकूल हुँदा उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।



































