जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रमेश लेखकलाई अदालत उपस्थित गराईयो

546
shares

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले प्रहरीले उनलाई आज अदालत उपस्थित गराएको हो । आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ ।गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।

प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठह¥याउँदै कारबाही सिफारिस गरेको थियो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि शनिबार बिहान झिसमिसेमै प्रहरीले ओली र लेखकलाई भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचको लागि टिचिङ अस्पताल लगिएकोमा डाक्टरको सुझाव अनुसार त्यहीँ भर्ना गरिएको छ । लेखकलाई भने महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports