२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सोमबार सुनको मूल्य प्रतितोला २५००ले घट्यो

2.25K
shares

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ८ हजार रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ७५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७०० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports