२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अदालतले महेश बस्नेतलाई पक्राउ गर्न दिएन अनुमति

2.43K
shares

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फर्काइदिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बस्नेतलाई पक्राउ गर्नका लागि अनुमति माग गर्दै मिसिल पेस गरेकोमा काठमाडाैँ जिल्ला अदालतबाट अनुमति प्राप्त नभएको एसएसपी रमेश थापाले बताए ।

धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेस गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेन्चमा मिसिल पेस हुँदा अनुमति नदिइएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports