सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतबाट भारी मात्रामा बढेर आयो सबै प्रकारका इन्धनको मूल्य, निगमले हवाई इन्धनको मात्र मूल्य बढायो

741
shares

काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको जानकारी दिएको छ ।

निगमले पेट्रोलको मूल्यमा प्रति लिटर ४१. ६०, डिजलमा प्रतिलिटर ९४. ९३ तथा हवाई इन्धनमा प्रति लिटर १२३. ८ र एलपि ग्यासमा प्रति सिलिण्डर १९०. ३६ ले वृद्धि भएर आएको जनाएको छ ।

बिगत एक महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको र सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजारमूल्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसक्दा निगमलाई १५ दिन ( १६ मार्च देखि ३१ मार्च सम्म) मा ५ अर्व घाटा यथावत रहेको जानकारी दिएको छ ।

पछिल्लो पटक निगमले २५ मार्चमा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर १५ र डिजलमा प्रतिलिटर १५ मात्र समायोजन गरेको थियो । तथापि, १६ मार्चमा आएको खरिद मूल्य अनुसार समायोजन हुन नसक्दा प्रति लिटर पेट्रोलमा ४७. १२ प्रतिलिटर डिजेलमा १३३. ४५ तथा एलपि ग्यासमा ४१६. ३७ प्रति सिलिण्डर घाटा हुने निगमले जनाएको छ ।यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य बृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजन हुन नसक्दा पाक्षिक रुपमा निगमलाई १३ अर्व २१ करोड घाटा हुने देखिन्छ ।

इण्डियन आयल कर्पोरेशनबाट हालसम्म माग बमोजिमको परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेतापनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति व्यवस्थापन प्रभावित हुने देखिएको समेत निगमले उल्लेख गरेको छ ।

साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै र निगमसँग रहेको मूल्य स्थिरिकरण कोषको समेत उपयोग गर्ने गरी निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकको निर्णानुसार आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १२४ ले र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौको लागि प्रति किलोलिटर अमेरिकी डलर ८१९ ले बढाईएको निगमले जानकारी दिएको छ । साथै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेकइभन प्वाइन्टमा विक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।साथै, अर्को मूल्य समायोजन नहुदाँ सम्मका लागि पेट्रोल, डिजेल-मट्टितेल र एलपि ग्यासको साबिक खुद्रा मूल्यलाई नै यथावत राखिएको निगमले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports