एमालेको संसदीय दलको नेतामा बादल निर्विरोध, सुहाङले दिए बधाई र लगाइदिए माला
वि.सं.२०८२ चैत १८ बुधवार १७:१३
shares

काठमाडौै । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् ।
निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।



































