सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेन सरकार बनेसँगै अमेरिकाले आफ्ना नागरिकका लागि नेपालको स्तर घटायो

637
shares

काठमाडौँ । नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाले नेपालका लागि जारी ट्राभलको स्तर घटाएर ‘स्तर २’ मा झारेको छ ।

काठमाडौँस्थित अमेरिकी दुताबासका अनुसार नयाँ परामर्शमा नेपालमा सतर्कता अपनाएर यात्रा गर्न सुझाव दिइएको छ ।दूतावासका अनुसार गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा जारी गरिएको एडभाइजरीको स्तर घटाइएको हो । दुताबासले देशव्यापी समग्र सुरक्षा अवस्था स्थिर बनेको उल्लेख गर्दै शहरहरूमा कहिलेकाहीँ प्रदर्शन र स्थानीय अशान्ति हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

स्वास्थ्य सेवाका सन्दर्भमा दूतावासले नेपालमा नियमित तथा आकस्मिक उपचार क्षमता सीमित रहेको जनाएको छ । काठमाडौँका अस्पताल अन्य स्थानको तुलनामा राम्रो भए पनि भीडभाड, उपकरण वा औषधिको अभाव र उपचारअघि भुक्तानी माग्ने समस्या हुन सक्ने उल्लेख गरिएको छ ।यात्रुहरूलाई आवश्यक औषधि साथमा ल्याउन, स्वास्थ्य बीमा गर्न र गम्भीर बिरामी परेमा अन्य देश जानुपर्ने अवस्था आउन सक्नेबारे सचेत गराइएको छ ।

प्राकृतिक विपद्का सन्दर्भमा नेपालमा भूकम्प, बाढी र पहिरोको जोखिम रहने जनाइएको छ । विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा भारी वर्षाले आकस्मिक बाढी र पहिरो ल्याउन सक्ने तथा सडक अवरुद्ध र उद्धारमा कठिनाइ हुन सक्ने चेतावनी दिइएको छ ।नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूलाई दूतावासले स्थानीय समाचारमा ध्यान दिन, योजना आवश्यक अनुसार परिवर्तन गर्न तयार रहन, भीडभाडबाट टाढा बस्नु र यात्रा बीमा अनिवार्य रूपमा गर्नुपर्ने सुझाव दिएको छ ।

साथै, आपतकालीन अवस्थामा दूतावाससँग सम्पर्क सहज बनाउन ‘स्मार्ट ट्राभलर दर्ता कार्यक्रम’ मा नाम दर्ता गर्न पनि दुताबासले आग्रह गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports