गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस देउवा पक्षका सभापतिहरूको भेला स्थगित

1.2K
shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ ।

विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो ।निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए ।

बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको नेताहरूले जानकारी दिएका छन् ।यसअघि संस्थापनइतर समूहले आज (बिहीबार) जिल्ला सभापतिहरूको भेला बोलाइएको सूचना बाहिरिएको थियो ।इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि भेला स्थगित गरिएको धुम्बाराही बैठकमा सहभागी नेताहरूको भनाइ छ ।एक शीर्ष नेताले थप आन्तरिक छलफल गरेर जिल्ला सभापति भेलाबारे निर्णय गरिने जानकारी दिए ।

एक युवा नेताले जिल्ला सभापतिहरूलाई प्रदेशअनुसार बोलाएर छलफल गर्ने तयारीका लागि पूर्वनिर्धारित भेला स्थगित गरिएको बताएका छन् ।संस्थापनइतर समूहका अर्का नेताले सर्वोच्च अदालतमा पार्टीको आधिकारिताका विषयमा २२ चैतमा तोकिएको पेसीलाई मध्यनजर गर्दै भेला स्थगित गरिएको प्रतिक्रिया दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports