नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैकका ग्राहक र कर्मचारीलाई फिसटेल र अन्नपूर्णमा विशेष छुट सम्बन्धी सहमति

1.05K
shares

प्रभु बैंकका ग्राहकले कास्कीको पोखरास्थित फिसटेल लज र अन्नपूर्ण जगतपुर लजमा विशेष छुट पाउने भएका छन् । बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले यी लजको सेवासुविधामा छुट पाउने भएका हुन् ।

यसका निम्ति बैंकले समझदारी गरेको छ । बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्रबाबु विष्ट र फिसटेल तथा अन्नपूर्ण लजका बिक्री तथा मार्केटिङ कलस्टर निर्देशक सनीस महर्जनले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहकसँगै कर्मचारीले यी लजमा आवाससहित खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । यो सुविधा प्राप्त गर्न बैंकको डेबिट–क्रेडिट कार्ड वा विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्नुपर्ने जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports