linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसले पूर्ण बहादुर खडकालाई सोध्यो ७ दिने स्पष्टीकरण

1.53K
shares

काठमाडौं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि आज बसेको कांग्रेस अनुसशासन समितिको बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको हो ।

कांग्रेस सभपाति गगन थापाले सबैलाई वडावडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका थिए। त्यसअघि उनले सबैको सदस्यता खारेज भएको बताएका थिए।

त्यसको विरोध गर्दै खड्काले गत चैत ३० मा विज्ञप्ति जारी गरेका थिए। त्यसअघि पनि खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेको भन्दै कांग्रेसले सचेत गराएको थियो। सचेत गराउँदा पनि कार्यवाहक सभापति भनेरै विज्ञप्ति जारी गरेपछि स्पष्टीकरण सोधिएको हो ।खड्काले चित्तबुझ्दो स्पष्टीकरण नदिए कारबाही गरिने काँग्रेसले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports