नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय : प्रचण्ड

208
shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयलाई हल्का ढंगले लिने गल्ती नगर्न सचेत गराएका छन् ।

मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको स्मरण गराए ।संविधान संशोधन गरौं तर त्यसले लोकतन्त्रको सुदृढ, सीमान्त क्षेत्रको प्रतिनिधित्व विस्तारित हुनुपर्ने प्रचण्डको भनाइ छ ।

‘संविधान संशोधन गरौं, तर त्यो संशोधनले लोकतन्त्रलाई अझै सुदृढ गरोस् । संविधान संशोधन गरौं, जसले सिमान्त क्षेत्रको प्रतिनिधित्व अझै विस्तारित होस्,’ प्रचण्डले भनेका छन् ।ठूलो विवेक, छलफल र संयमको माग संविधान संशोधनको विषयले लिने उनले बताए ।

‘संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय हो । यसलाई हल्का ढंगले लिने गल्ती हामी कसैले पनि गर्न हुँदैन । यसले ठूलो विवेक, छलफल र संयमको माग गर्दछ । कृपया यसलाई त्यही रुपमा आत्मसाथ गर्न सरकार र माननीय सदस्यहरूसँग आग्रह गर्दछु,’ प्रचण्डले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports