linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आज मंगलवारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

884
shares

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो मुद्राको मूल्य घटेको छ।आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा थियो।

यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा छ। हिजो युरो १ को खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५९ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा थियो।त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ५४ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६१ पैसा थियो।आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ९८ पैसा छ। हिजो र अस्ती पनि बहराइन दिनारको विनिमयदर यही थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports