गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक खेल अघि नै नेपाल एसियन गेम्समा छनोट

1.68K
shares

काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगितामा छनोट भएको छ । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगितामा मलेसियाले मंगलबार चीनलाई ९ विकेटले पराजित गरेपछि जापानको आइची/नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदमा नेपाल छनोट भएको हो ।

पहिला ब्याटिङ गरेको चीनले ९ विकेट गुमाई ८४ रनमात्र बनाउन सकेको थियो, जवाफमा आएको मलेसियाले ८ ओभरभित्र आवश्यक रन बनाएको थियो । समूह ‘ए’ मा नेपाल र मलेसियाको २–२ अंक भयो । चीन दुबै खेलमा पराजित रहयो । नेपालले आइतबार कुशल भुर्तेलको १ सय २९ रनमा चीनलाई २ सय २१ रनले पराजित गरेको थियो ।

नेपालले बिहीबार मलेसियास“ग खेल्ने छ । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्ने छ । एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ । समूह ‘बी’ हङकङ र ओमानले सिंगापुर र बहराइनस“गको खेलमा विजय हात पारेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports